Headline

अन्तिम खेलमा बाँसबारीलाई हराउँदै खुमलटार दोस्रो स्थानमा

Published

on

शहिद स्मारक बि डिभिजन लिगमा बाँसबारी क्लबलाई ४-० गोलले हराउदै खुमलटार युथ क्लबले दोस्रो स्थानमा लिग सक्कएको छ ।

खुमलटारको जितमा आदिल हमीद,प्रशान्त अवस्थी,आयुश घलान र महेश राईले एक-एक गोल गरे ।

खेलमा पहिलो गोल १३ औँ मिनेटमा खुमलटारका लागि आदिल हमीदले गरेका थिए । हमीदले सविन केसीले गरेको फ्रिकिक प्रहारबाट आएको बललाई रिबाउण्डमा गोल गरेका थिए । खुमलटारले दोस्रो गोल भने ४१ औँ मिनेटमा गरेको थियो ।

प्रशान्त अवस्थीले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको खुमलटारले दोस्रो हाफमा पनि दुई गोल थप्यो । खुमलटारका लागि तेस्रो गोल ४८ औँ मिनेटमा आयुष घलानले गराएका थिए । काउन्टर अट्याकमा पाएको मौकालाई आयुषले राम्रो फिनिसिङ गर्दै ३-० को अग्रता दिलाएका थिए ।

त्यस पछि ७७ औँ मिनेटमा भने खुमलटारले चौँथो गोल गरेको थियो । महेश राईले गोल गर्दै खुमलटारलाई ४-० को फराकिलो जित दिलाएका थिए ।

जितसँगै खुमलटारले बि डिभिजन लिग दोस्रो स्थानमा सक्काएको छ । खुमलटार २५ अंक साथ दोस्रो भएको हो भने पराजित भएको बाँसबारी २१ अंक सहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।

Click to comment

Trending