Headline

च्यामपियन्स लिगमा आज: के बार्सिलोनाले पिएसजीलाई हराउँदै रच्ला ईतिहास ?

Published

on

च्याम्पियन्स लिगको पहिलो लेगमा किलियन एम्बाप्पेको ह्याट्रीक र मोएस किएनको एक गोल गरे पछि पेरिस सेन्ट जर्माइन  (पिएसजी) सँग ४-१ को फराकिलो हार बेहोरेको बार्सिलोनालाई वुधबार हुने दोस्रो लेगमा भने ईतिहास रच्ने मौका हुने छ ।

२०१७ मा पहिलो लेगमा ४-० ले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा भने पिएसजीलाई ६-१ हराउदै कमब्याक जित निकालेको थियो । लियोनल मेस्सी,लुइस स्वारेज र नेमारको जोडी चम्किदा निकालेको त्यो जितलाई अहिले पनि बार्सा समर्थकहरुले ‘ला रेमोन्टडा’ को नामले चिन्ने गरेका छन् ।

यो पटक पनि पहिलो लेगमा पराजित भएको बार्सिलोनालाई दोस्रो लेगमा केही चमत्कार गर्ने अवसर रहेको छ । नेमार र स्वारेज नभएको बार्सिलोनालाई केही गार्हो परे पनि सर्वकालिन महान खेलाडी लियोनल मेस्सीको भने कमी हुने छैन ।

केही हप्ता अघी मात्रै सेभियालाई कोपा डेल रेको सेमीफाइनलमा कमब्याक जित चखाएको बार्सिलोना यो खेलमा पनि त्यही जोषमा हुने छ । बार्सिलोनाका लागि मुख्य डेफेन्डर जेराड पिकेले उक्त खेल गुमाउने छन् । पिएसजीका लागि भने लामो समय चोट बहिर रहेका एन्जल डि मरिया खेल्ने छन् ।

खेल नेपाली समय अनुसार मध्यरात १:४५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा भने लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगको सामना गर्दै छ । पहिलो लेगमा लिभरपुल २-० ले अघी रहेको छ ।

यो खेल पनि नेपाली समय अनुसार मध्यराती १:४५ बजे सुरु हुने छ ।

 

Click to comment

Trending