Headline

पुलिसलाई मेयर ११ ले १ सय ९७ रनमै रोक्यो

Published

on

नेपाल पुलिस क्लबले मेयर कप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा मेयर ११ बिरुद्ध १ सय ९७ रनको सामान्य योगफल बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको पुलिसले पहिलो विकेटको लागि आकर्षक शुरुवात गरेपनि त्यसलाई ठूलो योगफलमा बदल्न सकेन । कप्तान सन्दिप लामिछाने, हरिशंक साह र बिपिन खत्रीले तीन–तीन विकेट लिएपछि पुलिस ४७ दशमलव ४ ओभरमा १ सय ९७ रनमै समेटियो ।

निकै आकर्षक शुरुवात गरेको पुलिसका लागि कुशल भुर्तेल र सुनिल धमलाले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । तर हरिले आफ्नो पहिलो दुई ओभरमा दुवै ब्याट्स्म्यानलाई पेभिलियन फर्काएपछि पुलिस रोकिएको थियो ।

कुशलले २९ बलमा ३ छक्का र तीन चौका प्रहार गर्दै ३४ रन बनाए भने धमलाले २४ बलमा तीन चौका र एक छक्का हिर्काउदै २२ रन जोडेका थिए ।

सन्दिपले अनिल कुमार साह (६) र बिपिनले यसअघिको खेलमा शतक प्रहार गरेका दिपेन्द्र सिँह ऐरिलाई पेभिलियन फर्काएपछि पुलिसले दवाबमा खेल्न थालेको थियो । दिपेन्द्रले ३८ बलमा तीन चौका प्रहार गर्दै ३८ रन बनाए ।

योगेन्द्र सिँह कार्कीले मिडल अर्डर सम्हाल्ने प्रयास गरेपनि बिपिनकै बलमा खडग बोहोराबाट स्टम्पिङ्ग भएका थिए । योगेन्द्रले पुलिसका लागि सर्वाधिक ४० रन बनाए । ५५ बलको सामना गरेका उनको इनिङ्गसमा चार चौका सामेल थियो ।

पवन शर्राफले ५१ ब्लमा २८ रन बनाए । सन्दिपले १० ओभरमा ३५ रन खर्चिए भने हरिले ९ दशमलव चार २८ रन खर्चिएका थिए । बिपिनले ९ ओभरमा ५४ रन दिएका थिए ।

यो खेलमा जित हात पार्ने हो भने पुलिस प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।

Click to comment

Trending