Headline

च्याम्पियन्स लिगः हालान्डको अर्को किर्तिमान पछि डर्टमन्ड अन्तिम ८ मा

Published

on

स्ट्राइकर एर्लिङ हालान्डले अर्को च्याम्पियन्स लिग किर्तिमान कायम गर्दा बोरुसिया डर्टमण्ड स्पेनिस टोली सेभियालाई समग्रमा ५–४ ले पराजित गर्दै प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

सिग्नल इडुना पार्कमा भएको दोश्रो लेगमा सेभियाले डर्टमण्डलाई उसकै घरमा २–२ को बराबरीमा रोक्यो । तर पहिलो लेगमा ३–२ को जित निकालेको डर्टमण्डले रोचक बनेको अन्तिम १६ को खेलमा बाजी मार्यो ।

मङ्गलवारको खेलमा डर्टमण्डका लागि दुवै गोल हालान्डले गरे । उनले पहिलो लेगमा प्राप्त ३–२ को जितमा पनि दुई गोल गरेका थिए । सेभियाका लागि दुवै गोल युसुफ एन नेस्रीले गरेपनि जितका लागि पर्याप्त भने भएन ।

हालान्ड यो सिजन च्याम्पियन्स लिगमा १० गोल सहित सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन् । २० बर्षिय उनी च्याम्पियन्स लिगमा २० गोल पुग्ने सबैभन्दा कान्छा खेलाडी हुन् । मात्र १४ खेलमा २० गोल गरिसकेका हालान्डले

यस क्रममा फ्रेञ्च स्ट्राइकर किलियन एमबाप्पेको किर्तिमान तोडिसकेका छन् ।

“हामीलाई यस्तो खेलाडीले हराएका छन् जो यो युगमा पछि गएर राज गर्नेछन्,” सेभिया प्रशिक्षक युलेन लोपेतेगीले भने ।

Click to comment

Trending