Headline

सोमपालको उत्कृष्ट ब्याटिङ्गमा आर्मीको सहज जित

Published

on

सोमपाल कामीले आकर्षक ब्याटिङ्ग गर्दै ५१ बलमै ८० रन प्रहार गरेपछि त्रिभुवन आर्मी क्लबले मेयर कपमा आफ्नो पहिलो जित दर्ता गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा शाहब आलमले टप अर्डर ध्वस्त पारेपछि आर्मीले आइतबार मुलपानी क्रिकेट मैदानमा बागमतीलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको काठमाडौं मेयर ११ लाई ४२ दशमलव १ ओभरमा १ सय ५५ रनमै अल आउट गर्यो ।

सोमपालको आक्रमक ब्याटिङ्गपछि आर्मीले २३ दशमलव ५ ओभरमै लक्ष्य भेट्टायो । आर्मीको कुल स्कोरको ५० प्रतिशतभन्दा बढी रन बटुलेका सोमपालले इनिङ्गसको पहिलो ओभरमै सन्दिप लामिछानेलाई छक्का प्रहार गर्दै आफ्नो आशय स्पष्ट पारेका थिए ।

सन्दिपबिरुद्ध बिशेषगरि आक्रमक रहेका सोमपालले स्टार लेग स्पिनरलाई चार छक्का प्रहार गरेका थिए । उनको इनिङ्गसमा ९ चौका र ६ छक्का सामेल थियो । उनको सबै छक्कामा सटिक टाइमिङ्ग रहेको थियो । सन्दिपलाई पाचौं छक्का प्रहार गर्ने धुनमा सोमपाल क्याच आउट भएका थिए ।

सोमपालले चौथो विकेटका लागि कुशल मल्लसँग चौथो विकेटका लागि ७० रन जोडेका थिए । कुशलले दुई चौका र एक छक्का प्रहार गर्दै २३ बलमा २३ रन बनाए । मेयर ११ का लागि सन्दिप र बिपिन खत्रीले दुई–दुई विकेट लिएका थिए ।

यसअघि शाहबले टप अर्डरलाई ध्वस्त पारेपछि मेयर ११ को इनिङ्गस धर्मराएको थियो । पहिलो विकेटका लागि खडग बोहोरा (१९) र हरिशंकर साह (१८) ले ४८ रनको साझेदारी गर्दै ठोस शुरुवात दिलाएपछि शाहबले चार विकेट लिदै मेयर ११ लाई ब्याकफुटमा धकेलेका थिए ।

सन्दिप रजाली र सौरभ खनालले ६६ रनको साझेदारी गर्दै इनिङ्गस सम्हाल्ने प्रयास गरेपनि मेयर ११ धराशायी हुन पुगेको थियो । उसले अन्तिम ६ विकेट मात्रै २४ रनमा गुमाउन पुगेको थियो । कुशल मल्लको बलमा सौरभ आउट भएपछि मेयर ११ को पतन शुरु भएको थियो ।

सौरभले ७४ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ४२ रन बनाए भने सन्दिप रजालीले ६३ बलमा ३७ रन जोडे । उनको इनिङ्गसमा तीन चौका सामेल थियो । प्रतियोगितामा पहिलो खेल खेलेका जितेन्द्र मुखियाले पनि तीन विकेट लिएका थिए ।

Click to comment

Trending