Headline

अपराजित हुँदै च्याम्पियन बन्ने सातदोबाटोको लक्ष्यमा मध्यपुर तगारो

Published

on

दुई खेल अगवै च्याम्पियन बन्दै ए डिभिजन लिगमा बढुवा भैसकेको सातदोबाटो युथ क्लबलाई मध्यपुर युथ एसोसिएसनले २-१ ले हराउदै अपराजित यात्रामा पूर्णबिराम लगाएको छ ।

मध्यपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । खेलको २६ औँ मिनेटमा पहिलो गोल कैलाश लमिछाने खत्रीले उत्कृष्ट डाइभिङ हेडिङमा गोल गरेका थिए । सन्जिब थापा को क्रसमा कैलाशले गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको मध्यपुरले दोस्रो हाफमा बराबरी गोल खान पुग्यो । दोस्रो हाफको ५० औँ मिनेटमा सातदोबाटोका लागि मल्दिना आङथुम्पोले गोल गर्दै खेल १-१ को बराबरी गरेका थिए तर त्यस्को आठ मिनेट पनि नबित्दै ५८ औँ मिनेटमा मध्यपुरले निर्णायक गोल गर्‍यो ।

मध्यपुरका लागि सन्नी लामा कप्तान रोनिश ढेके राजबहकको क्रसलाई हेडिङगर्दै गोल गरेका थिए ।

जितसँगै मध्यपुर १३ अंक सहित छैँठौँ स्थानमा छ भने २८ अंक सहित शिर्ष स्थानमा रहेको सातदोबाटो पहिले नै च्याम्पियन बनिसकेको छ ।

Click to comment

Trending