Headline

आर्मीलाई १५६ रनको सामान्य लक्ष्य

Published

on

मेयर कप अन्तर्गत आफ्नो दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले १५६ रनको सामान्य लक्ष्य पाएको छ ।

शाहब आलमले घातक बलिङ गरे पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँ मेयर ११ ले ४२ दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो ।

काठमाडौँको लागि सौरभ खनालले सर्वाधिक ४२ रन भने सन्दिप रजाईलीले पनि ३७ रनको योगदान दिए । काठमाडौँको लागि त्यस बाहेक खडक बोहराले १९, हरिशंकर साह १८ तथा सन्दिप लामिछानेले १३ रनको पारी खेले । उसका सिद्धान्त लोहनी, कृष्ण कार्की, नारायण जोशी, बिपिन खत्री शुन्य रनमा आउट भए भने अनिल खरेल शुन्य रनमा अविजित रहे ।

आर्मीका शाहब आलमले सर्वाधिक चार विकेट हात पारे भने जितेन्द्र मुखियाले पनि तीन विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending