Headline

२१ खेलपछि सिटीको म्यानचेस्टर डर्बीमा हार

Published

on

म्यानचेस्टर डर्बीमा २–० को जित हात पार्दै सिटीको २१ खेलको बिजयी यात्रामा पूर्णबिराम लगाएपनि युनाइटेड व्यवस्थापक ओले गुनर सोल्सायरले आफू उपाधि नपछ्याइरहेको बताएका छन् ।

एतिहाद स्टेडियममा भएको डर्बी खेलमा पराजित हुँदा पनि सिटीसँग शिर्ष स्थानमा अझै पनि ११ अंकको स्पष्ट अग्रता रहेको छ । सिटी तेश्रो स्थानको लेस्टर भन्दा १२ र चेल्सीभन्दा १८ अंकले अगाडी रहेको छ ।

तर जुन तरिकाले रोक्नै असम्भव जस्तो देखिएको सिटीलाई युनाइटेडले उसकै घरमा हरायो, यसले सोल्सयारको टोलीलाई अबका खेलमा भने भरपुर आत्मबिश्वास भने दिनेछ ।

१४ जितसहित पछिल्लो २२ अवे लिग खेलमा अपराजित रहेको युनाइटेडले आफ्नो गतिबाट सिटीलाई अचम्ममा पार्दै ३० सेकेण्ड भित्रै पेनाल्टी पाएको थियो । ग्याब्रियल जिजसले एन्थोनी मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा फर्नान्डेजले गोल गरेका थिए ।

ल्युक स ले ५० औं मिनेटमा दोश्रो गोल गर्दा नोभेम्बर २१ मा टोटेन्ह्यामसँग २–० ले हरोयता सिटीले पहिलो पराजय व्यहोर्यो । पछिल्लो तीन खेलमा गोल गर्न नसकेको युनाइटेड निकै नै टाइट रहेको टप फोरको फाइटमा लेस्टरलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिएको हो ।

उनीहरु यति अगाडी छन् की अहिले आफ्नो खेल जित्दै गत बर्षभन्दा राम्रो खेल्ने बाहेक अरु केही सोच्नै सकिदैन । हामी गत सिजन तेश्रो स्थानमा थियौं र निश्चयपनि यो सिजन त्यो भन्दा राम्रो गर्न चाहन्छौं, सोल्सायरले खेलपछि भने ।

आइतबार नै ग्यारेथ बेल र ह्यारी केनले दुई–दुई गोल गरेपछि स्पर्स क्रिष्टल प्यालेसलाई ४–१ ले हराउदै छैटौं स्थानमा उक्लियो । बेललाई दुवै गोलका लागि केनले असिस्ट गरेका थिए ।

Click to comment

Trending