Headline

बेन्जेमाको गोलले मड्रिड डर्बीमा पराजित हुनबाट बच्यो रियल

Published

on

करीम बेन्जेमाले खेलको अन्तिम समयमा गोल गरे पछि रियल म्याड्रिड एट्लेटिको म्याड्रिडसँग २०१६ पछि पहिलो पटक पराजित हुनबाट बचेको छ । १-१ को बराबरीमा सकिएको खेलमा एट्लेटिको लागि भने लुइस स्वारेजले गोल गरेका थिए ।

खेलमा पहिलो गोल एट्लेटिकोका लागि स्वारेजले गरेका थिए । फेर्नान्डो लोरेन्टेले दिएको थ्रु बलमा रफाइल भराने र केसेमेरो र लुकास भास्क्वेजलाई बिट गर्दै स्वारेजले गोल गरेका थिए । पहिलो गोल गर्ने बितिकै डिफेन्सीभ खेलेको एट्लेटिकोले पहिलो हाफमा रियललाई आक्रमणको धेरै मौका पनि दिएको थिएन ।

तर दोस्रो हाफको शुरुवात देखी नै आक्रमक देखिएको एट्लेटिकोका लागि ५३ औँ मिनेटमा स्वारेज चुक्न पुगे । यन्निक करास्कोले दिएको पासलाई स्वारेजले गरेको प्रहर टिबो कोर्टुवाले बचाएका थिए । फेरी ५७ औँ मिनेटमा स्वारेजकै प्रहरलाई कोर्टुवाले अर्को उत्कृष्ट बचाउ गरे ।

मुभहरु बनाए पनि एट्लेटिकोको पेनाल्टी क्षेत्रमा धेरै पोजेसन नराखेको रियलका लागि ८८ औँ मिनेटमा भने करीम बेन्जेमाले गोल गर्दै पराजित हुनबाट बचाए । केसेमेरोले एट्लेटिकोका डिफेन्डरहरुलाई कटाउदै दिएको पासलाई बेन्जेमाले ट्याप इन गर्दै गोल गरेका थिए ।

बराबरीसँगै एट्लेटिको ५९ अंकका साथ शिर्ष स्थानमा छ भने एक खेल बढी खेलेको बार्सिलोना ५६ अंक सहित दोस्रो र रियल म्याड्रिड ५४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

Click to comment

Trending