Headline

जेराडको रेन्जर्स स्कटिश लिग च्याम्पियन

Published

on

सेल्टिकले डुण्डे युनाइटेडसँग गोलरहित बराबरी खेलेसँगै रेन्जर्स एफसीले स्कटिश प्रिमियरशिपको उपाधि जितेको छ ।

शनिबार मात्रै सेन्ट मिरिनलाई ३-० ले हराएको रेन्जर्सले आईतवार सेल्टिक बराबरी गरे सँगै लिग च्याम्पियन भनेको हो । पुर्व लिभरपुल लेजेण्ड स्टेभेन जेराड प्रशिक्षक रहेको रेन्जर्सले छ खेल अगवै २० अंकको अग्रता सहित लिग जितेको हो ।

यो सिजन ३२ लिग खेल खेलेको रेन्जर्सले २८ खेल जित्दै चार खेलमा बराबरी गरेको छ भने एक खेलमा पनि पराजित भएको छैन ।

रेन्जर्सको यो पहिलो स्कटिश प्रिमियरशिप हो । २०१३-२०१४ देखी स्कटिश प्रिमियरशिपको नाम ले चिनिन थालएको स्कटिश लिगको सर्वधिक बिजेता सेल्टिक हो । सेल्टिकले हाल सम्म सात उपाधि जितेको छ ।

Click to comment

Trending