Headline

‘म्यानचेस्टर युनाइटेड फर्नानडेजमा मात्रै निर्भर छ’

Published

on

ब्रुनो फर्नानडेजका पुर्व क्लब स्पोर्टइङका भुतपुर्व प्रशिक्षक कार्लोस कारवाल्हलका अनुसार म्यानचेस्टर युनाइटेड फर्नानडेजमा मात्रै निर्भर भएको र चाँडै समुहिक रुपमा खेल अगाडि नबढाए पछि असहज हुने बताएका छन् ।

२०१९ को जनवरीमा स्पोर्टइङ लिस्बनबाट ५५ मिलियन युरोमा युनाइटेड भित्रिए देखी फर्नानडेजले निकै राम्रो खेल देखाउदै आएका छन् ।

२६ वर्षिय फर्नानडेजको उत्कृष्ट व्यक्तिगत प्रदर्शनका कारण युनाइटेडले धेरै खेलहरुमा अन्तिम समय सम्म प्रतिस्पर्धा दिदै आएको छ तर कारवाल्हलका अनुसार भने युनाइटेडको खेल एक जनामा भर पर्दै आएको र अरु खेलाडीले नै उत्तिकै प्रदर्शन गरे खेल अझै राम्रो हुने पनि बताए ।

“यदी एउटा टोलीमा एक खेलाडीको मात्र खेल देखिन्छ भने त्यो टोलीलाई राम्रो मन्न सकिदैन र त्यो राम्रो पनि हैन,” बार्गाका प्रशिक्षक रहेका उनले भने ।

“टोलीमा सबैले उत्तिकै योग्दान दिए राम्रो हुने हो र युनाइटेडको कुरा गर्दा उसको खेल फर्नानडेजको वरीपरी मात्र घुमिरहेको हुन्छ । फुटबल ११ जनाले खेल्ने खेल हो र त्यही कारण पनि एक खेलाडी भन्दा धेरैलाई खेलमा समावेस गर्न सके निकै राम्रो हुने थियो।” उनले थपे ।

Click to comment

Trending