Headline

बि डिभिजन: बाँसबारीले झम्शीखेललाई हराए पछि खुमलटारलाई दवाब

Published

on

निशान सुनारले दुई कमल खवास र अजय राजवंशीले एक-एक गोल गरे पछि बाँसबारी क्लबले झम्शीखेल युथ क्लबलाई ४-० गोलले हराएको छ ।

बाँसबारीका लागि पहिलो गोल २७ औँ मिनेटमा भएको थियो । टोलीका लागि निशान सुनारले पहिलो गोल गर्दै अग्रता लिएको थियो । बाँसबारीले ३८ औँ मिनेटमा भने अर्को गोल गर्‍यो । यो पटक भने कमल खवासले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २-० को अग्रता लिएको बाँसबारीले दोस्रो हाफमा पनि दुई गोल थप्यो । बाँसबारीका लागि दोस्रो हाफको ६० औँ मिनेटमा अजय राजवंशीले गोल गर्दै ३-० को अग्रता दिलाए । यस्तै बाँसबारीका लागि चौँथो गोल भने ६८ औँ मिनेटमा निशान सुनारले गरेका थिए ।

बाँसबारीले पहिलो र दोस्रो दुवै हाफ झम्शीखेललाई चल्न दिएन । बनाएको मुभहरुमा सशक्त देखिएको बाँसबारी जितका साथ दोस्रो स्थानको खुमलटार युथ क्लबसँग अंक बराबरी गरेको छ । समान २२ अंक रहे पनि हेड टु हेडको आधारमा बाँसबारी तेस्रो स्थानमा रहेको छ । पराजित झम्शीखेल भने छ अंकका साथ पुछारमा रहेको छ ।

अंक बाराबरी भए सँगै दोस्रो स्थानको खुमलटारलाई केही दवाब परेको छ । पहिलो स्थानको सातदोबाटो भने पहिले नै ए डिभिजन लिगमा बढुवा भैसकेको छ ।

Click to comment

Trending