Headline

बि डिभिजन: श्री कुमारीसँग नयाँ बस्ती पराजित

Published

on

आशिष राईले दुई र साजन राई र पम्बा योल्मुले एक-एक गोल गरे पछि बि डिभिजन लिगमा श्री कुमारी क्लबले नयाँबस्ती युवा क्लबलाई ४-३ गोलले हराएको छ ।

खेलमा पहिलो गोल श्री कुमारीले गरेको थियो । आशिष राईले मौसम राईले दिएको पासमा डिबक्सको ठीक बहिरबाट गोल गर्दै टोलीलाई ११ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर २१ औँ मिनेटमा भने नयाँबस्ती खेलमा फर्कियो । नयाँबस्तीका लागि बिबेक गुरुङले गोल गर्दै टोलीलाई १-१ को बराबरीमा ल्याएका थिए । श्री कुमारीका गोलरक्षक दिपक खत्रीले गरेको गल्तीको फाईदा उठाउदै नयाँबस्तीले गोल गरेको थियो ।

नयाँबस्तीले पहिलो हाफको इन्जुरी समयमा भने अग्रता लियो । साजान राईले आरामले ट्याप इन गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रत दिलाएका थिए । दोस्रो हाफमा भने नयाँबस्तीले लय गुमाउन पुग्यो । लगतारको आक्रमण बिफल हुँदा नयाँबस्तीले गोल गर्न सकेन ।

५७ औँ मिनेटमा श्री कुमारीले बराबरी गोल गर्‍यो । पम्बा योल्मुले गोल गर्दै श्री कुमारीका लागि बराबरी गोल गरेका थिए । त्यसपछि श्री कुमारीले ७१ औँ मिनेटमा तेस्रो गोल गर्दै ३-२ को अग्रता बनायो यो पटक भने कुमारीका लागि बिबेक पुनले गोल गरेका थिए । कुमारीका लागि चौथो गोल भने आशिष राईले गरेका थिए ।

नयाँबस्तीका लागि भने तेस्रो गोल सुमन राईले गरेका थिए । ९० मिनेट पछि थपिएको इन्जुरी समयमा सुमनले निकै बहिरबाट भली प्रहर गर्दै गोल गरेका थिए ।

जितसँगै श्री कुमारी ११ अंक सहित नवौं स्थानमा रहेको छ भने पराजित भएको नयाँबस्ती १२ अंक सहित छैँठौ स्थानमा यथावत रहेको छ ।

 

Click to comment

Trending