Headline

दिपेन्द्र सिँह ऐरिको करिअरकै पहिलो शतक

Published

on

दिपेन्द्र सिँह ऐरिले आफ्नो प्रतिस्पर्धात्मक क्रिकेट करिअरमै पहिलो शतक प्रहार गरेका छन् । नेपाल पुलिस क्लबका उप–कप्तान दिपेन्द्र आइतबार मेयर कप अन्तर्गत नेपाल एपिएफ क्लबबिरुद्धको खेलमा शान्दार शतक हिर्काए ।

राष्ट्रिय क्रिकेट प्रतियोगिता लगायतर अन्य कुनै पनि ५० ओभरको क्रिकेट नेपाली टोलीको उपकप्तान पनि रहेका दिपेन्द्रले यसअघि तीन अंकको स्कोर गरेका थिएनन् । दिपेन्द्रको शतकीय पारीपछि पुलिसले एपिएफलाई २ सय ५९ रनको बिशाल लक्ष्य दियो ।

निकै लामो समय पर्खिएका दिपेन्द्रले आफ्नै रुममेट अविनाश बोहोराको बलमा छक्का हान्दै शतक पुरा गरेका थिए । खेलमा दिपेन्द्रको त्यो तेश्रो छक्का थियो । उनले १ सय २० बलमा शतक पुरा गरेका थिए ।

शुरुवातको दुई विकेट २२ रनमै गुमाएपछि दिपेन्द्रले नै पुलिसको इनिङ्गसलाई अन्तिमसम्म सम्हालेका थिए । उनले तेश्रो विकेटका लागि सुनिल धमलासँग ५९ रनको साझेदारी गरे । सुनिलले ७२ बलमा ३३ रन बनाए ।

कप्तान मन्जित श्रेष्ठ सस्तैमा पेभिलियन फर्किएपछि दिपेन्द्रले पवन शर्राफसँग अर्को ७० रन जोडे । छरितो खेलेका पवनले ३० बलमा चार छक्का प्रहार गर्दै ३५ रन बनाए । उनले अनिल कुमार साह (१८) सँग पनि ४४ रन जोडे । शतक पुरा गरेपछि थप आक्रमक बनेका दिपेन्द्रले ठूलो शटहरु खेल्दै पुलिसलाई बिशाल योगफलतर्फ डोर्याए ।

दिपेन्द्रले भुवन कार्कीलाई ४९ औं ओभरमा मात्रै २३ रन प्रहार गरेका थिए । दिपेन्द्रले १ सय ३१ बलमा १ सय ४० रन बनाए । उनले ११ चौका र ६ छक्का प्रहार गरे । एपिएफका लागि कप्तान शरद भेषावकरले १० ओभरमा ४२ रन खर्चदै तीन विकेट लिए भने अविनशाले दुई विकेट हात पारे ।

Click to comment

Trending