Headline

नेपाली गल्फमा पहिलो पटक होल इन वानपछि सुमनले पाए कार

Published

on

गल्फर सुमन जोशीले नेपाली गल्फ इतिहासमै पहिलो पटक होल इन वान स्कोर गर्दै कार पुरस्कार जितेका छन् ।

आङ्ग छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता दौरान दशौ होलमा होल इन वान गर्दै सुमनले किया सोनेट कार पुरस्कार जिते । टि अफ (शट हान्ने ठाउँ) बाट पहिलो प्रयासमा नै स्कोर गर्नेहरुको लागि अमेच्योर प्रतियोगिताहरुमा होल इन वान कार पुरस्कार राख्ने परम्परा छ ।

यसअघि कसैले पनि यो पुरस्कार जित्न सकेका थिएनन् । सुमनको शनिबार भाग्याशाली दिन रह्यो ।

गोकर्णमा भएको प्रतियोगिताको उपाधि भने ४१ अंकका साथ सुनिल कार्कीले जित्न सफ भए । ४० अंक बनाएका ताहिर शाह दोस्रो भए । ग्रसतर्फ हृदयेश के सिंहले बाजी मारे । उनले काउन्ट ब्याकमा विजय इनहउसलाई पछि पारेका थिए ।

महिलातर्फ उपधि कस्मिरा शाहले जितिन् । ३८ अंक जोडेकी कस्मिराले गीता गुरुङ (३२) लाई पछाडी पारिन् ।

दुई दिन सम्म चलेको प्रतियोगितामा १६० जनाले सहभागीता जनाएका थिए ।

Click to comment

Trending