Headline

नेपालले अफगानिस्तानको जस्तै छिटो टेस्ट मान्यता प्राप्त गर्न तर्फ लाग्न पर्छ – डेव ह्वाटमोर

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले नेपालले पनि अफगानिस्तानले जस्तै टेस्ट मान्यता प्राप्त गर्न तर्फ लाग्न पर्ने धारणा ब्यक्त गरेका छन् ।

क्रिकेटिङनेपालसँगको विशेष अन्तर्वार्ताका क्रममा ह्वाटमोरले केहि बर्ष अघिको स्थिति हेर्ने हो भने पनि नेपाल र अफगानिस्तान उस्तै अवस्थामा रहेको भए पनि अफगानिस्तानले टेस्ट मान्यता पाइसकेको र नेपालले पनि अब यस तर्फ लाग्न पर्ने बेला आएको धारणा राखेका हुन् ।

‘केहि समय अघि सम्मको अवस्थामा नेपाल र अफगानिस्तान उस्तै उस्तै टोली थिए । तर अफगानिस्तानले टेस्ट मान्यता पाएको छ । अब नेपालले पनि यसका लागि सोच्ने र त्यस अनुरुपको कामहरु गर्न पर्ने समय आएको छ,’ ह्वाटमोरले भने ।

‘नेपालले आफ्नो क्रिकेट विकास गर्ने हो भने चार महिना जतिको घरेलु प्रतियोगिता आयोजना गर्न पर्छ । नेपालको मात्र नभएर यदि कुनै पनि देशले आफ्नो क्रिकेट विकास गर्ने लक्ष्य रख्दछ भने उसले घरेलु क्रिकेटमा लगानी गर्न पर्ने हुन्छ ।घरेलु प्रतियोगिता बलियो भयो भने त्यसबाट धेरै नयाँ खेलाडीहरुको पनि उदय हुन्छ ।’

नेपालले सकेसम्म दुई दिवसीय खेलका लागि सोच्न पर्ने तर दुई दिवसीय गराउन अहिले समयमा केहि अफ्टेराहरु छन् भने एकदिवसीय नै तर लामो समयको गराउन पर्ने पनि उनले बताए ।

नेपाली क्रिकेट समर्थकहरुले जसरि नेपाली क्रिकेटलाई माया गरेका छन् त्यसले पनि नेपाली क्रिकेट अझै माथि पुर्याउन सहयोग गर्ने पनि उनले जनाए ।

हेर्नुहोस् ह्वाटमोरसँगको पुरा अन्तर्वार्ता

Click to comment

Trending