Headline

श्रीलंकाले वेष्ट इण्डिजलाई दोश्रो ट्वान्टी ट्वान्टीमा हरायो

Published

on

पहिलो खेलमा केरोन पोलार्डको आधीले उडाएपछि श्रीलंकाले वेष्ट इण्डिजबिरुद्धको दोश्रो ट्वान्टी ट्वान्टीमा ४३ रनको जित हात पार्दै श्रंखलामा पुनरागमन गरेको छ ।

एन्टिगामा पहिलो विकेका लागि दनुस्का गुनाथिलका र पाथुमा निसांकाले ९५ रनको साझेदारी गरेपछि श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६० रन बनायो । पि डि सिल्भा र लक्सन सन्दकनले ३–३ विकेट लिएपछि वेष्ट इण्डिज १८ दशमलव ४ ओभरमा १ सय १७ रनमा अल आउट भयो ।

वेष्ट इण्डिजले खेलमा कुनै पनि समय ठूलो पार्टनरसिप बनाउन सकेन । उसका लागि ओपनर लेन्डल सिमन्सले २१ रन बनाए भने उनीसँगै दोश्रो विकेटका लागि ३६ रनको साझेदारी गरेका क्रिस गेलले १६ रन जोडे ।

अघिल्लो खेलमा अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका कप्तान पोलार्डले १३ रन जोडे । १० नम्बरका ब्याट्स्म्यान ओबेद म्याकोयले ७ बलमा दुई छक्का र उति नै चौकाको मद्दतमा २३ रन बनाए । श्रीलंकको इनिङ्गसमा १९ रन पनि बनाएका म्यान अफ द म्याच डि सिल्भाले चार ओभरमा मात्र १७ रन खर्चेका थिए । यस्तै दुशमन्था चमिराले दुई विकेट हात पारे ।

यसअघि गुनाथिलका र निसांकाले बिशाल साझेदारी गरेपछि श्रीलंका पहिलो खेलको लज्जास्पद हारबाट बाहिर निक्लने तर्पm अग्रसर देखियो । गुनाथिलकाले ४२ बलको सामना गर्दै चार चौका र दुई छक्काको मद्दतमा ५६ रन बनाए ।

निसाँकाले २३ बलमा ३७ रन जोडे । उनले चार चौका र एक छक्का हिर्काए । श्रीलंकाले अझै ठूलो योगफल बनाउने देखिएपनि उसलाई ड्वेन ब्राभाले रोकेका थिए । ब्राभोले चार ओभरमा २५ रन खर्चदै दुई विकेट लिएका थिए । पहिलो १० ओभरमा ९४ रन जोडेको श्रीलंकाले अन्तिम १० मा मात्र ६६ रन बटुल्न सकेको थियो ।

Click to comment

Trending