Headline

किर्गिस्तान र बङ्गलादेश सम्मिलित थ्रि नेसन कप दशरथ रँगशालामा हुदै

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रँगशालामा तीन राष्ट्र सम्मिलित थ्रि नेसन कप गराउने भएको छ ।

मार्च २२ देखि ३० सम्म हुने प्रतियोगितामा नेपालसँगै बङ्गलादेश र किर्गिस्तानको सहभागित रहनेछ । मार्चमा फुटबलको अन्तर्राष्ट्रिय बिश्राम पनि हुनेछ । एक चरणको राउण्ड रोबिन लिग पछि शिर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छन् ।

नेपालले मार्चको अन्तराष्ट्रिय बिश्राममा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँग खेल्ने तलिका रहे पनि त्यो खेल कोरोना भाईरसका कारण स्थगित हुन पुगेको थियो । प्रतियोगिताका लागि किर्गिस्तानले भने अण्डर–२३ टोली पठाउनेछ ।

विश्वकप छनोट खेल्न अफ्गानिस्तान नआउने भए पछि बङ्गलादेशले यसअघि नै थ्रि नेसन कप खेल्न पक्का गरिसकेको एन्फाले जानकारी दियो । “हामी नेपालसँग खेल्न निकै उत्साहित छौं । आउने दिनहरुको प्रतिस्पर्धात्मक खेलहरु खेल्न यो प्रतियोगिताले हामीलाई निकै मद्दत गर्नेछ,” बङ्गलादेशका प्रशिक्षक जेमी डेले विस्पोर्ट्जलाई भने ।

“अष्ट्रेलियासँगको खेल नहुने भए पछि हामीले यो प्रतियोगिता गर्ने निर्णय गरेका हौँ । लामो समय पछि खेलाडी मैदानमा फर्कने र दर्शकहरुले पनि लामो समय पछि नेपालको खेल हेर्न पाउने भनेर यो प्रतियोगिता गर्न लागेका हौँ,” एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले भने ।

Click to comment

Trending