Headline

बि डिभिजन: मध्यपुरसँग पराजित भए पछि पुलचोकलाई रेलिगेसनको खतरा

Published

on

शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसनले पुलचोक स्पोर्टइङ क्लब माथि ३-२ को पुनरागमन जित निकालेको छ । रेलिगेसन जोनमा रहेका यि दुवै क्लबलाई आज जितको दवाब रहेको छ ।

मध्यपुरका लागि धीरज श्रेष्ठले एक गोल गर्दा एक गोल भने उपहार पायो । पुलचोकका लागि भने श्य्ररब लो तमाङ र किस्मत लिम्बुले एक्-एक गोल गरेका थिए ।

खेलमा पहिलो गोल १७ औँ मिनेटमा भएको थियो । फ्रिकिकबाट आएको क्रसलाई मध्यपुरको डिफेन्सले रोके पनि रिबाउण्डमा किस्मत लिम्बुले गोल गर्दै पुलचोकलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको ३३ औँ मिनेटमा भने मध्यपुरले बराबरी गोल गर्‍यो । कर्नरबाट आएको पासलाई धीरज श्रेष्ठले डाइभिङ हेडर गर्दै गोल गरेका थिए ।

पुलचोकले पहिलो हाफको इन्जुरी समयमा भने अग्रता लियो । किस्मत लिम्बुको क्रसमा श्य्ररब लो तमाङले गोल गर्दै पुलचोकलाई २-१ को अग्रता दिलाए ।

पहिलो हाफमा २-१ को अग्रता बनाए पनि पुलचोकले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो । मध्यपुरले दोस्रो गोल भने अत्मघतिक गोलको रुपमा उपहार पाएको थियो । सन्नी लामालाई रोक्ने क्रममा यम बहादुर थापाको खुट्टामा ठोकिदै ६३ औँ मिनेटमा बराबरी गोल हुन पुगेको थियो ।

तर त्यस्को चार मिनेट पनि नबित्दै मध्यपुरले बिजयी गोल गरेको थियो । सन्नी लामाको उत्कृष्ट ब्याकहिल पासमा कप्तान धीरज श्रेष्ठले हेडिङ गर्दै गोल गरेका थिए ।

जितसँगै मध्यपुर रेलिगेसन जोनबाट केही माथि उठेको छ । पुलचोकलाई पराजित गरेको मध्यपुर ९ अंकका साथ नवौँ स्थानमा रहदा पुलचोक २ अंकका साथ पुछारमा रहेको छ ।

Click to comment

Trending