Headline

न्युजिल्याण्ड माथि अष्ट्रेलियाको फराकिलो जित

Published

on

अष्ट्रेलियाले घरेलु टोली न्युजिल्याण्ड विरुद्धको चौथों ट्वान्टी ट्वान्टी खेलमा ५० रनको फराकिलो जित दर्ता गराएको छ । पहिलो दुईवटा खेलमा हारको सामना गरेको अष्ट्रेलिया पछिल्ला दुई खेलमा जित दर्ता गराउँदै पाँच खेलको शृंखला २-२ को अवस्थामा पुर्याउन पनि सफल भएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५६ रनको मध्यम योगफल बनाए पनि जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले १८ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाको जितमा खेलको म्यान अफ द म्याच घोषित कप्तान आरोन फिन्चले सर्वाधिक ७९ रन बनाए । ५५ बलको सामना गरेका उनले पाँच चौका र चार छक्का प्रहार गरे ।

न्युजिल्याण्डका इश शोदीले सर्वाधिक तीन तथा ट्रेन्ट बोल्टले दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

न्युजिल्याण्डका कायल जेमिसनले सर्वाधिक ३० रन बनाए भने अन्य ब्याट्सम्यानले उलेक्य योगदान दिन सकेनन् ।

अष्ट्रेलियालाई सहज जित दिलाउने क्रममा बलिङ तर्फ केन रिचर्डसनले सर्वाधिक तीन विकेट हात पारे भने एस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

अष्ट्रेलिया र न्युजिल्याण्ड बीचको पाँचौं तथा निर्णय ट्वान्टी ट्वान्टी खेल आगामी आइतबार हुनेछ ।

 

Click to comment

Trending