Headline

तीन बर्ष पछि राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्दै सन्दिप 

Published

on

नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछानेलेमा झण्डै तीन बर्ष पछि पुनरागमन गर्ने भएका छन् । पछिल्लो पटक सन् २०१८ मा सम्पन्न एभरेष्ट प्रिमियर लिग (ईपिएल) खेलेका सन्दिपले मेयर कपमा खेल्दै काठमाडौँ मेयर ११ को कप्तानी गर्ने भएका हुन् ।

गत महिना प्रधानमन्त्री कप सञ्चालनमा आउदा उनी अष्ट्रेलियन बिग ब्यास लिग खेलिरहेका थिए । यसअघिको प्रधानमन्त्री कपमा उनी नेपालमै रहेपनि आखाको शल्यकृयाको कारण बिश्राममा रहेका थिए । यसपटक भने झण्डै तीन बर्षपछि सन्दिपलाई घरेलु क्रिकेटमा पुनरागमन गर्ने मौका जुरेको हो ।

सन्दिप हाल पाकिस्तान सुपर लिग (पिएसएल) खेल्नका लागि पाकिस्तानमा रहेका थिए । गत शनिबार पाकिस्तान पुगे पनि प्रतियोगितामा सहभागी खेलाडीहरुमा कोरोना संक्रमण देखिए पछि बाँकी खेलहरु रद्ध हुँदा उनी नेपाल फर्किएर मेयर कप खेल्न लागेका हुन् ।

मेयर कपमा प्रधानमन्त्री कपमा सेमीफाइनल पुगेका चार टोली र समुह चरणमा सहभागी टोलीबाट उत्कृस्ट प्रदर्शन गर्ने १५ जना खेलाडी गरेर मेयर ११ को टोली समावेस गरिएको छ । त्यस्तै सन्दिपले पनि खेल्ने भए पछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दिपलाई समावेस गर्दै उनलाई कप्तानको जिम्म्वेवारी पनि दिने निर्णय गरेको हो ।

भोलीबाट सुरु हुने प्रतियोगिताको पहिलो दिनको खेलमा प्रधानमन्त्री कपको विजेता त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने छन् । उनीहरु टियु क्रिकेट मैदानमा खेल्ने छन् भने पहिलो दिनमा नै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेश खेल्ने छन् ।

काठमाडौँ महानगरपालिकाको ५० लाख नगद सहयोगमा संचालन हुन लागेको प्रतियोगिताको फाइनल फागुन २९ गते टियु क्रिकेट मैदानमा खेलाईनेछ ।

Click to comment

Trending