Headline

पिएसजी विरुद्धको दोस्रो लेग गुमाउदै पिके

Published

on

दाँया घुँडामा गम्भिर चोट देखिए पछि बार्सिलोनाका मुख्य डिफेन्डर जेराड पिकेले च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्माइन विरुद्धको दोस्रो लेग गुमाउने भएका छन् ।

उनले पिएसजी विरुद्धको खेल सँगै ला लिगा अन्तर्गतको ओसुवना र हुएस्का विरुद्धको खेल समेत गुमाउने छन् । पिके नोभेम्बर देखी त्यही घुँडामा चोट लागेको थियो । त्यही कारण लामो समय मैदान बहिर बसेका उनी यही महिना मात्रै मैदान फर्किएका थिए ।

मङ्लबारमत्रै सेभिया माथी कोपा डेल रेमा बार्सिलोनाले पुनरागमन जित निकाल्दा नायक बनएका पिकेको त्यही खेलमा चोट बल्झिएको थियो ।

चोट बल्झिएसँगै उनी करिब तीन हप्ता मैदान बहिर रहने पनि बार्सिलोनाले जनाएको छ ।

बार्सिलोनाले आउँदै गरेको मार्च ११ मा पिएसजीसँग च्याम्पियन्स लिगको दोस्रो लेग खेल्दै छ । पहिलो लेगमा किलियन एम्बापेको ह्याट्रिक र मोएस किएनले एक गोल खाँदै ४-१ ले पराजित भएको बार्सिलोनालाई यो खेल निकै महत्वपूर्ण छ ।

Click to comment

Trending