Headline

सान्चेजको दुई गोलमा इन्टरलाई ६ अंकको स्पष्ट अग्रता

Published

on

एलेक्सिस सान्चेजले दुवै गोल गरेपछि इन्टर मिलानले इटालियन सिरी आ मा ६ अंकको स्पष्ट अग्रता लिएको छ । इन्तरले बिहिबार भएको खेलमा पार्मालाई २–१ ले पराजित गर्यो ।

जितपछि इन्टरले शहरी प्रतिद्वन्दी एसि मिलानबिरुद्ध ६ अंकको अग्रता लिएको छ भने डिफेन्डिङ्ग च्याम्पियन युभेन्टसभन्दा १० अंकले अघि रहेको छ । तेश्रो स्थानमा रहेको युभेन्टसले एक खेल कम खेलेको छ ।

पहिलो हाफका कुनै गोल हुन नसकेपछि ५४ औं मिनेटमा सान्चेजले लुज बललाई गोलमा परिणत गरेका थिए । ८ मिनेटपछि नै रोमेलु लुकाकुको असिस्टमा साञ्चेजले आफ्नो दोश्रो गोल गरे ।

एजेभेदो जुनियर हर्नानीले ७१ औं मिनेटमा पार्माको लागि गोल फर्काए तर इन्टरले अन्तिम मिनेटसम्म आफ्नो अग्रतालाई कायमै राख्यो । इन्टर ११ बर्षपछि पहिलो पटक सिरी आ को उपाधि जित्ने दाउमा रहेको छ ।

नोभम्बर यता एक खेल पनि जित्न नसकेको पार्मा भने रेलिगेसन जोनभन्दा ६ अंकले पछाडी रहेको छ ।

Click to comment

Trending