Headline

लिभरपुलको क्लब इतिहासमै घरेलु मैदानमा खराब प्रदर्शन

Published

on

क्लब इतिहासमै पहिलो पटक लगातार पाच खेलमा पराजय व्यहोरेपछि लिभरपुल व्यवस्थापक योर्गन क्लोपले ठूलो झड्का लागेको स्विकार गरेका छन् ।

मेसन माउन्टले पहिलो हाफको इन्जुरी समयमा शान्दार गोल गरेपछि लिभरपुल बिहिबार राति चेल्सीसँग १–० ले पराजित भयो । गत बर्ष निकै सशक्त रुपमा ३० बर्षयता पहिलो उपाधि जितेको लिभरपुल प्रमुख खेलाडीहरु चोटग्रस्त बन्दा यो सिजन भने शिर्ष चार स्थानमै प्रवेश गर्नका लागि पनि अब ठूलै कसरत गर्नु पर्ने स्थितिमा पुगेको छ ।

११ खेल बाकी रहेको अवस्थामा सातौं स्थानको लिभरपुल चौथो स्थानको चेल्सीसँग चार अंकको दुरीमा रहेको छ । तर यो सिजन निकै खराब गएको क्लोपको टोलीका लागि त्यो चार अंक कमाउन पनि कसरत गर्नु पर्ने देखिन्छ । पछिल्लो ६ खेलमा पाँच पराजयपछि क्लोपले च्याम्पियन्स लिगको छनोटको प्रतिस्पर्धामा रहेको प्रतिद्वन्दीसँग पराजित हुँदा नराम्रो झड्का लागेको स्विकारेका छन् ।

“यो एन्फिल्ड अथवा अरु केही कुरा होइन । सामान्य रुपमै निरन्तर हार्दा नराम्रो अनुभव भएको छ । निर्णायक क्षणहरुमा हामीले सुधारिनु आवश्यक रहेको छ,” क्लोपले भने ।

बिहिबार नै वेष्टब्रोमलाई १–० ले पराजित गरेपछि एभर्टन पाचौं स्थानमा उक्लियो । उसका लागि एक पटक फेरि रिचार्लिसनले गोल गरेका थिए ।

शिर्ष चार टोलीभन्दा एक खेल कम खेलेको अवस्थामा एमर्टनले अब एक खेल जिते चेल्सीलाई पछि पार्दै चौथोमा उक्लनेछ भने दोश्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग दुई र तेश्रो स्थानको लेस्टर सिटीसँग एक अंकले दुरी छोट्याउनेछ ।

अर्को खेलमा टोटेन्ह्याम हट्स्परले फुलह्यामलाई १–० ले पराजित गर्यो । स्पर्स ४२ अंकका साथ आठौं स्थानमा रहेको छ । छैटौं स्थानको वेष्टह्यामको ४५ र लिभरपुलको ४३ अंक छ ।

Click to comment

Trending