Headline

डि कक दक्षिण अफ्रिकाको कप्तानबाट निलम्बित, बवुमा र एल्गर नयाँ कप्तान

Published

on

दक्षिण अफ्रिका क्रिकेट बोर्डले विकेट किपर तथा कप्तान क्विनटन डि ककलाई निलम्बन गर्दै नयाँ कप्तान नियुक्त गरेको छ ।

बोर्डले यसै बर्ष भारतमा तथा अर्को बर्ष अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप तथा सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपलाई लक्षित गर्दै टेम्बा बवुमालाई ट्वान्टी ट्वान्टी र एकदिवसीयको कप्तान नियुक्त गरेको छ । त्यस्तै अर्को वर्ल्ड टेस्ट च्याम्पियनसिपलाई मध्य नजर गर्दै डिन एल्गरलाई टेस्ट कप्तान नियुक्त गरेको छ ।

कप्तान नियुक्त भएका बवुमा दक्षिण अफ्रिका क्रिकेट टोलीको पहिलो अश्वेत कप्तान पनि बनेका छन् ।

फाफ डु प्लेसिसको स्थानमा कप्तान बनेका डि ककको कप्तानीमा दक्षिण अफ्रिकाले हालै सम्पन्न घरेलु टोली पाकिस्तान विरुद्धको दुई खेलको शृंखलामा ह्वाइटवास हुन पुगेको थियो । त्यस्तै इंग्ल्यान्ड विरुद्ध आफ्नै घरेलु मैदानमा सम्पन्न तीन खेलको शृंखलामा पनि ह्वाइटवास हुन पुगेको थियो ।

‘हामी डि कक प्रति निकै आभारी छौं । उनले जसरी दक्षिण अफ्रिका टोलीको कप्तानका रुपमा टोली सम्हाले त्यो निकै सर्हानिय छ । जब हामी टेस्टमा कप्तानको खोजीमा थियौं त्यो समयमा उनले अगाडी आएर टोलीको कप्तानी सम्हालेका थिए,’ दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा डाइरेक्टर अफ क्रिकेट, ग्रेम स्मिथले जनाए । ‘कप्तानको भूमिकामा नरहे पनि उनले टोलीको लागि नेतृत्वदायिक भूमिका खेल्छन् भन्नेमा पनि आशावादी छौं ।’

३० बर्षिय बवुमाले छवाट एकदिवसीय र आठवटा ट्वान्टी ट्वान्टी मात्र खेलेका भए पनि उनलाई सन् २०२३ सम्ममा आयोजना हुने तीनवटा विश्वकपलाई लक्षित गर्दै कप्तान नियुक्त गरेको पनि स्मिथले जनाए ।

‘दक्षिण अफ्रिकाको कप्तानी गर्ने मेरो पुरानो सपना हो । मेरा नजिककाहरुलाई यस बारेमा थाहा छ,’ बवुमाले भने । ‘यो मेरो लागि मेरो जीवनको सबैभन्दा ठुलो उपलव्धि र सम्मान हो । म दक्षिण अफ्रिकालाई नयाँ उचाईमा लान लालायित छु ।’

३३ बर्षिय एल्गरले दक्षिण अफ्रिकाको तर्फबाट ६७ टेस्ट खेल्दै १३ शतकको मद्धतमा हर हजार दुई सय ६० रन बनाएका छन् ।

‘मेरो र बवुमाको लागि सबैभन्दा ठुलो चुनौती भनेको दक्षिण अफ्रिकालाई एक उत्कृस्ट टोलीको स्थानमा पुर्याउनु हो । हामी दुबै जनाको लक्ष्य भनेको दक्षिण अफ्रिकालाई टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टी तीनवटै ढाँचामा नम्बर एक टोली बन्ने हो,’ एल्गरले बताए ।

Click to comment

Trending