Headline

बि डिभिजन: श्री कुमारी र आरसिटीको बराबरी

Published

on

सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बिहीबार भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले श्री कुमारी क्लबसँग १-१ को बराबरी खेलेको छ ।

आरसिटीका लागि अजित गुरुङले गोल गरे भने श्री कुमारीका लागि युवराज राईले गोल गरेका थिए ।

खेलमा पहिलो गोल आरसिटीले गरेको थियो । खेलको तेस्रो मिनेटमै बिकेश सुब्बाको क्रसमा अजित गुरुङले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा निकै मौका पाए पनि आरसिटीले गोल भने गर्न सकेन ।

तर खेलको २२ औँ मिनेटमा भने श्री कुमारीले बराबरी गोल फर्कायो । युवराज राईले अर्जुन गुरुङले मिलाएको पासलाई गोल गरेका थिए ।

पहिलो हाफ १-१ को बराबरी गर्न सफल भएको श्री कुमारीले दोस्रो हाफमा निकै राम्रो मौकाहरु पायो । पहिलो हाफको तुलनामा आरसिटी भन्दा निकै राम्रो मौकाहरु बनाए पनि श्री कुमारीले गोल भने गर्न सकेन । ६६ औँ मिनेटमा आरसिटी दश खेलाडीमा सिमित भयो । सुनिल राउत कुर्मीले ६७ औँ मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छोडेका थिए ।

बराबरीसँगै आरसिटी १३ अंक सहित पाँचौँ र ८ अंक सहित श्री कुमारी नवौँ स्थानमा यथावत रहेको छ ।

Click to comment

Trending