Headline

बि डिभिजन: झम्शीखेललाई पराजित गर्दा श्री भगवतीलाई राहत

Published

on

शहिद स्मरक बि डिभिजन लिग अन्तर्गत बिहीबार भएको पहिलो खेलमा श्री भगवती क्लबले झम्शीखेल युथ क्लबलाई ३-२ ले पराजित गरेको छ ।

श्री भगवतीका लागि आशिष श्रेष्ठ,नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक-एक गोल गर्दा झम्शीखेलका लागि भने मदन श्याङ्तान र आनिश चौधरीले गोल गरेका थिए ।

खेलमा श्री भगवतीले पहिलो गोल गरेको थियो । खेलको १२ औँ मिनेटमा श्री भगवतीका लागि आशिष श्रेष्ठले गोल गरेका थिए । कर्नरबाट आएको बललाई आशिषले गोललाइनमा ट्याप इन गर्दै गोल गरेका थिए । तर ३२ औँ मिनेटमा भने झम्शीखेलले बराबरी गोल गरेको थियो । इनाम तमाङले दिएको पासलाई सुदिप गिरीले रोके पनि मदन श्याङतानले गोल गरेका थिए ।

पहिलो हाफमा १-१ को बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा पनि एक-एक गोल थपे । श्री भगवतीका लागि दोस्रो गोल ५६ औँ मिनेट नवराज गुरुङले गरेका थिए । मोहन बहादुर थापा मगरले दिएको पासलाई नवराजले गोल गरेका थिए ।

६८ औँ मिनेटमा भने झम्शीखेलले फेरी बराबरी गोल फर्कायो । यो पटक पनि सुदिप गिरीले रोके पनि अनिश चौधरीले आराम ट्याप इन सहित गोल गरेका थिए । तर श्री भगवतीले भने ८२ औँ मिनेटमा तेस्रो गोल गर्‍यो । यो पटक भने श्री भगवतीका लागि उर्गेन शेर्पाको पासमा मोहन बहादुर थापा मगरले गोल गर्दै टोलीलाई तीन अंक दिलाएका थिए ।

जितसँगै श्री भगवती ९ अंक सहित आठौँ स्थानमा उक्लिदा झम्शीखेल भने पराजयसँगै ६ अंक सहित ११ औँ स्थानमा रहेको छ ।

Click to comment

Trending