Headline

पाकिस्तान सुपर लिग अनिश्चित कालका लागि रोकियो

Published

on

पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) अनिश्चित कालका लागि रोकिएको छ ।

पिएसएलमा सहभागी खेलाडीहरुमा कोरोना संक्रमण देखिए पछि पाकिस्तान क्रिकेट बोर्डले फ्रेन्चाइजहरुसँगको सहमती पछि बाँकी खेलहरु रोक्ने निर्णय लिएको हो । आज बसेको बैठकले बाँकी खेलहरु रोक्ने निर्णय गरे पनि रोकिएका खेलहरु गर्ने भन्ने निणर्य गरेको छैन ।

पाकिस्तान सुपर लिगमा सहभागी छ खेलाडी र एक अफिसियल गरेर कुल सात जनामा कोरोना संक्रमण देखिएको छ ।

गत शनिबारबाट नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग खेल्नका लागि पाकिस्तान तर्फ उडेका थिए । सन्दिपले यस पटकको पिएसएलमा आफ्नो पुरानै टोली लाहोर कलन्दर्सबाट नै खेल्ने भएका थिए ।

यस अघि ड्राफ्टमा कुनै पनि टोलीले सन्दिपलाई लिएको थिएन । तर लाहोरका लेग स्पिनर रशिद खान घाइते भएका कारण तथा अफगानिस्तानले जिम्बाब्वे विरुद्ध टेस्ट खेल्ने भए पछि सन्दिपले पिएसएल खेल्ने मौका पाएका हुन् ।

Click to comment

Trending