Headline

बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

Published

on

बार्सिलोना सेभियाबिरुद्ध उत्कृष्ट पुनरागमन गर्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २–० ले हार व्यहोरेको बार्सिलोनाले दोश्रो लेगको अतिरिक्त समयमा ३–० सनसनीपूर्ण जित निकाल्यो ।

मार्टिन ब्रेथवेटले ३० मिनेटको अतिरिक्त समयको पाचौं मिनेटमै गोल गरेपछि बार्सिलोनाले अविश्वसनीय परिणाम निकालेको थियो । उसले समग्रमा ३–२ को जित हात पार्यो ।

क्याम्प नोउमा औस्माने डेम्बेलेले १२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि लुकास ओक्याम्पोसले पेनाल्टीमा सेमियाका लागि गोल गर्न चुकेका थिए । लगत्तै उसले फर्नाण्डो रेजेसलाई दोहोरो पहेलो कार्डका कारण गुमायो ।

बार्सिलोना बाहिरिने तय हुनै लाग्दा जेरार्ड पिकेले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । त्यसपछि ब्रेथवेटले गोल गरे ।

फाइनलमा बार्सिलोनाले अब एथ्लेटिक बिल्बाओ अथवा लेभान्तेको सामना गर्नेछ । दुई टोलीबीचको पहिलो लेग १–१ को बराबरीमा टुङ्गिएको थियो ।

Click to comment

Trending