Headline

अफगानिस्तानको जिम्बाब्वेसँग लज्जास्पद हार

Published

on

अफगानिस्तानले जिम्बाब्वे विरुद्धको पहिलो टेस्टमा १० विकेटको लज्जासपद हारको सामना गरेको छ ।

अफगानिस्तानले दिएको १७ रनको लक्ष्य जिम्बाब्वेले तीन दशमलब दुई ओभर खेल्दै बिना विकेटको नोक्सानी जित दर्ता गराउन सफल भयो । यससँगै उसले दुई खेलको टेस्ट शृंखलामा १-० को अग्रता पनि कायम गरेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले आफ्नो पहिलो पारीमा ४७ ओभर खेल्दै १३१ रन बनाउँदा आफ्ना सबै विकेट गुमाउन पुग्यो भने जवाफी ब्याटिङ गरेको जिम्बाब्वेले कप्तान सिन विलियम्सको शतकको मद्धतमा ७२ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २५० रन बनायो र पहिलो पारीको आधारमा ११९ रनको अग्रता लिन सफल भयो । त्यस्तै आज नै आफ्नो दोश्रो पारी सुरु गरेको अफगानिस्तानले १३५ रन बनाउँदा मात्र १६ रनको अग्रता हात पार्न सक्यो।

अफगानिस्तानलाई पहिलो पारीमा सस्तैमा रोक्ने क्रममा जिम्बाब्वेका ब्लेसिङ मुजराबानीले सर्वाधिक चार विकेट हात पारे भने भिक्टर न्याउचीले पनिं तीन विकेट आफ्नो नाममा दर्ता गराए ।

अफगानिस्तानका विकेट किपर अफ्सर जजाईले सर्वाधिक ३७ तथा ओपनर इब्राहिम जद्रानले ३१ रन बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् ।

जिम्बाब्वेको लागि आफ्नो पहिलो पारीमा कप्तान विलियम्सले सर्वाधिक १०५ रन बनाए भने विकेट किपर रेजिस चाकब्वाले ४४ तथा सिकन्दर राजाले पनि ४३ रनको पारी खेले ।

जिम्बाब्वेलाई ठुलो योगफल बनाउन नदिने क्रममा अफगानिस्तानका अमिर हम्जाले सर्वाधिक छ विकेट हात पारे भने जाहिर खानले पनि दुई विकेट लिन सफल भए ।

दोश्रो पारीमा ओपनर इब्राहिम जद्रानले ७६ रनको पारी खेल्दै अफगानिस्तानको पारी सम्हाल्ने प्रयास गरे पनि पर्याप्त रहेन । उनको ब्याटिङको मद्धतले अफगानिस्तान एक पारीको अन्तरले मात्र पराजित हुनबाट बाच्यो ।

Click to comment

Trending