Headline

बि डिभिजन: ब्वोइज युनियन खुमलटारसँग पराजित

Published

on

शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत वुधबार भएको दोस्रो खेलमा खुमलटार युथ क्लबले ब्वोइज युनियनलाई ३-० ले हराएको छ । खुमलटारका लागि कप्तान सविन केसीले दुई गोल गर्दा आयुष घलानले एक गोल गरे ।

खुमलटारका लागि पहिलो गोल सविन केसीले गरेका थिए । १९ औँ मिनेटमा सविनले प्रसान्त अवस्थीको क्रसमा गोल गरेका थिए । यस्तै खुमलटारले दोस्रो गोल ४३ औँ मिनेटमा गर्‍यो । यो पटक पनि खुमलटारका लागि सविन केसीले नै गोल गरे । पहिलो हाफमा युनियनका लागि ४१ औँ मिनेटमा अरुण लिम्बुले गरेको प्रहर बहिरिएको थियो।

दोस्रो हाफमा खुमलटारले राम्रो अवसर पाएको थियो । खुमलटारले दोस्रो हाफको ७४ औँ मिनेटमा तेस्रो गोल थप्यो । यो पटक भने खुमलटारका लागि आयुष घलानले गोल गरेका थिए ।

जितसँगै खुमलटारले पहिलो स्थानको सातदोबातो युथ क्लबसँग अंक बराबरी गरेको छ । ब्वोइज युनियन भने पराजयसंगै १४ अंकका साथ चौँथो स्थानमा उक्लिएको छ ।

Click to comment

Trending