अन्तर्राष्ट्रिय

वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने लक्ष्य सहित भारतले इंग्ल्यान्डको सामना गर्दै

Published

on

आगामी जुनमा इंग्ल्यान्डको लर्ड्समा आयोजना हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने लक्ष्य सहित घरेलु टोली भारतले चौथों तथा अन्तिम टेस्टमा इंग्ल्यान्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार भोली बिहान ९:४५ बजे सुरु हुनेछ ।

चार खेलको शृंखलामा भारत २-१ ले अघि रहेको छ । भारतले फाइनलमा स्थान सुरक्षित गर्न अन्तिम टेस्टमा जित अथवा ड्र निकाल्न पर्ने हुन्छ ।

भारतले जित निकालेको खण्डमा अथवा ड्र मात्र खेले पनि फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ भने हारको सामना गरेको खण्डमा अष्ट्रेलियाले फाइनल खेल्ने मौका प्राप्त छ । न्युजिल्याण्डले यस अघि नै फाइनलको स्थान सुरक्षित गरेका कारण एक टोलीको मात्र सम्भावना रहने छ ।

तेश्रो टेस्ट अघि सम्म इंग्ल्यान्डको पनि फाइनल खेल्ने आशा जीवितै रहे पनि तेश्रो टेस्टमा १० विकेटको लज्जास्पद हारको सामना गर्दा फाइनलको यात्रा समाप्त भएको थियो ।

पहिलो टेस्टमा २२७ रनको फराकिलो जित दर्ता गर्दै उत्कृस्ट सुरुवात गरेको इंग्ल्यान्डले दोश्रो टेस्टमा ३१७ रनको लज्जास्पद हारको सामना गर्न पुग्यो । त्यस्तै तेश्रो टेस्टमा १० विकेटको हारको सामना गर्दा खेल दुई दिनमा सकिएको थियो ।

Click to comment

Trending