Headline

फुटसल लिगका सबै खेल कान्तिपुरमा लाइभ हुने

Published

on

अखिल नेपाल फुटबल संघले आयोजना गर्ने नेसनल फुटसल लिग २०७८ का सबै खेलहरु कान्तिपुर टेलिभिजनले लाइभ गर्ने भएको छ ।

जेठ १ देखि २२ सम्म पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने राष्ट्रिय फुटबल लिगमा राउन्ड रोबिनका ४५ र नकआउट राउन्ड (इलिमिनेटर) का ४ खेल गरी सबै ४९ खेल कान्तिपुर टिभी र कान्तिपुर डिजिटल प्लेटफर्महरूबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

नेसनल फुटसल लिगको छनोट चरणका खेलहरू चैत १ देखि सुरु हुनेछ । प्रदेश १ को इटहरी, प्रदेश २ को हेटौंडा, वाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशका पोखरा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दाङमा छनोट चरणका खेल हुनेछन् ।

छनोट चरणपश्चात प्रदेश १ बाट २, प्रदेश २ बाट १, वाग्मती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट २ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट मिलाएर १ टोली गरी १० क्लबले नेसनल फुटसल लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

नेसनल फुटसल लिग विजेताले १० लाख र उप विजेताले ५ लाख रुपैया नगद पुरस्कार पाउनेछन् ।

Click to comment

Trending