Headline

बि डिभिजन: नयाँ बस्ती र टुसालबीचको खेल बराबरीमा समाप्त

Published

on

बि डिभिजन लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग १-१ को बराबरी खेलेको छ ।

टुसालका लागि अलोन राई र नयाँ बस्तीका लागि बिवेक गुरुङले गोल गरेका थिए ।

खेलमा पहिलो गोल नयाँ बस्तीले गरेको थियो । नयाँ बस्तीका लागि ३९ औँ मिनेटमा पहिलो गोल गरेको थियो । बिवेक गुरुङले गोल गर्दै नयाँ बस्तीले अग्रता बनाएको थियो ।

पहिलो हाफमा १-० ले अगाडि रहे पनि नयाँबस्तीले दोस्रो हाफमा गोल खान पुगेको थियो । ७१ औँ मिनेटमा टुसालका लागि अलोन राईले गोल गरेका थिए । डिबक्स बहिरबाट वान अन वानमा पाएको मौकालाई अलोन राईले उत्कृष्ट गोल गरेका थिए ।

बराबरीसँगै टुसाल ८ अंक सहित सातौँ र १२ अंक सहित नयाँबस्ती छैँठौ स्थानमा रहेको छ ।

Click to comment

Trending