Headline

सबैले बिर्सिएको युरोपियन सिजनमा म्याराडोनाले चलाएको पोस कार लिलामीमा

Published

on

अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनाले युरोपमा खेलेको अन्तिम तर सबैले बिर्सिएको सिजनमा किनेको जर्मन लक्जरी गाडी पोस लाई बुधबार देखि लिलामीमा राखिएको छ ।

१९९२ सिल्भर पोस ९११ ब्राण्डको गाडी म्याराडोनाले युरोपमा आफ्नो अन्तिम सिजन प्रशिक्षण र खेलहरुमा जाँदा प्रयोग गर्ने गरेका थिए । लागु औषध परिक्षणमा उनी असफल भएपछि १५ महिनाको प्रतिबन्ध सक्काएर म्याराडोनाले १९९२–९३ सिजनमा सेभियाका लागि खेलेका थिए । यो यस्तो सिजन थियो जसलाई धेरै याद नै गरेनन् ।

“यो म्याराडोनालाई नयाँ मोडल नै दिइएको थियो र सिधै फ्याक्ट्रीबाट गएको कारण पोसको अन्य स्ट्याण्डर्ड कारभन्दा दुई गुणा अथवा तीन गुणा बढी मुल्य हुन सक्छ,” बोनह्याम अक्सन हाउसका कार बिशेषज्ञ ग्रेगरी टुइटेन्सले भने ।

बुधबारदेखि शुरु भएको अनलाइन अक्सन मार्च १० सम्म कायम रहनेछ । यसको मुल्य दुई लाख युरो (२ लाख ४० हजार ८ सय डलर) निर्धारण गरिए पनि धेरै महँगो मुल्यमा जान सक्ने अपेक्षा गरिएको छ ।

“यो कार संकलकहरुको लागि मात्र नभएर फुटबल समर्थक र फुटबल भगवानको रुपमा स्थापित म्याराडोनालाई मन पराउनेहरुको लागि पनि चासोको बिषय हो,” टुइटेन्सले भने । “मैदान भित्र जत्तिकै उनले बाहिर पनि हेडलाइन बनाउने गर्थे । एक पटक उनले यसै गाडीमा सिटी सेन्टरको रेड लाइट तोड्दै १ सय ८० किलोमिटर प्रति घण्टामा कुदाँउदा प्रहरीले समातेपछि उनी हेडलाइनमा आएका थिए ।”

बिभिन्न फ्रेन्च कार संकलकहरुको हातमा पर्नु अघि म्याराडोनाको यो कार २० बर्षसम्म स्पेनिस द्विप मायोर्कामा अर्का एक धनाढ्यले राखेका थिए । बुधबारको अक्सनसम्म आइपुग्दा यो कारले १ लाख २० हजार किलोमिटरको यात्रा तय गरिसकेको छ ।

नोभेम्बरमा मृत्यु भएका म्याराडोनाको शव उनको शहरमा राख्दा लाखौंले सम्मान दिएका थिए ।

Click to comment

Trending