Headline

सान्चोको गोलले डर्टमण्ड जर्मन कपको सेमिफाइनलमा

Published

on

इङ्गल्याण्ड विङ्गर जेडन सान्चोले एक मात्र निर्णायक गोल गर्दा बोरुसिया डर्टमण्ड जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । अवे खेलमा डर्टमण्डले बोरुसिया मोइन्चेनग्ल्याडब्याचलाई ले हरायो ।

बोरुसिया पार्कमा भएको क्वार्टर फाइनको दोश्रो हाफमा पाहुना टोलीको आफ्नै पेनाल्टी एरियाबाट शुरु भएको काउन्टर अट्याकमा सान्चोले गोल गरेका थिए । अतिरिक्त समयमा मोहम्मद दाहुद दोश्रो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि डर्टमण्ड १० जनामा सिमित भएको थियो ।

“हामीले अन्तिम मिनेटसम्म राम्रो फाइट दियौं । फरक उर्जाका साथ मैदान उत्रनु नै हाम्रो खेलको प्रमुख आधार हुनु पर्छ,” शनिबार डिफेन्डिङ्ग च्याम्पियन तथा शिर्ष स्थानको बायर्न म्युनिखबिरुद्धको खेल अघि डर्टमण्ड कप्तान मार्को रुसले भने । “हाम्रो लागि धेरै कुरा उत्कृष्ट ढँगले अगाडी नबढेको होला तर गोल नखानु निकै महत्वपूर्ण कुरा हो ।”

अर्को सिजन डर्टमण्डको बागडोर सम्हाल्न गइरहेका ग्ल्याडब्याचका प्रशिक्षक मार्को रोजका लागि भने मङ्गलवारको रात बिर्सनलायक रह्यो । उनी डर्टमण्ड आउने घोषणा भएयता रोजले च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग व्यहोरेको २–० को हारसँगै सबै चार खेलहरु हारिसकेका छन् ।

डिफेन्डिङ्ग च्याम्पियन बायर्न जर्मन कपबाट दोश्रो श्रेणीको होल्स्टेन किलसँग पेनाल्टी सुटआउटमा पराजित हुदै बाहिरिसकेको छ भने फर्ममा रहेका दुई बुन्डेसलिगा टोली आरबी लाइपजिग र उल्फ्स्बर्ग अर्को क्वार्टर–फाइनलमा बुधबार भिड्ने छन् ।

बुधबार नै होल्स्टेन किलले चौथो श्रेणीको क्लब रट वेस एसेनको सामना गर्नेछ ।

Click to comment

Trending