Headline

चार नेपाली महिला फुटबलरहरुले पाकिस्तानमा खेल्ने

Published

on

चार नेपाली महिला फुटबलरहरुले पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप खेल्ने भएका छन् ।

मार्च ८ गतेदेखि शुरु हुन गइरहेको प्रतियोगितामा सरु लिम्बु, एन्जिला तुम्बापो सुब्बा गिता राना र अनिता केसीले एउटै क्लब मासा युनाइटेडका लागि खेल्ने छन् ।

प्रतियोगितामा सहभागित जनाउन उनीहरु बिहिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । एन्जिला राष्ट्रिय टोलीकी गोलरक्षक हुन् भने अनिता फर्वार्ड, सरु मिडफिल्डर र गिता डिफेन्डर हुन् ।

अप्रिल ३ सम्म चल्ने प्रतियोगितामा कुल १८ टोली रहेको छ । मासा रहेको समुह बि मा पाँच टिम रहेका छन् । प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन पाकिस्तान आर्मी हो भने योङ राइजिङ्ग स्टारले पाँच पटक यसको उपाधि जितेको छ ।

Click to comment

Trending