Headline

अष्ट्रेलियाले दशरथ रँगशालामा नेपालबिरुद्ध बिश्वकप छनौट नखेल्ने

Published

on

नेपाली दर्शकले राष्ट्रिय टोलीले दशरथ रँगशालामा अन्तर्राष्ट्रिय फुटबल खेलेको हेर्न अझै कुर्नु पर्ने भएको छ । विश्वकप छनौट अन्तर्गत नेपाल र अष्ट्रेलियाबीच दशरथ रङ्गशालामा हुने भनिएको खेल फेरि स्थगित भएको छ ।

कोरोना भाइरसका कारण एकपछि अर्को मिति तय हुँदा पछिल्लो पटक चैत १७ गते यो खेल हुने निर्णय गरिएको थियो ।

अष्ट्रेलियन फुटबलले कोरोनाकै कारण ट्राभल रेष्ट्रिक्सन र क्वारन्टिनको समस्या रहेको भन्दै एएफसीमा निवेदन दिएपछि खेल स्थगित भएको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् ।

नेपालले चैत १२ गते चाइनिज ताइपेइसँग खेल्ने कार्यक्रम रहेको थियो तर त्यो पनि यसअघि नै स्थगित भइसकेको थियो । बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले एशियन फुटबल कन्फेडेरेशनलाई अब सेन्ट्रल भेन्युमै जुन १५ भित्र प्रत्येक समुहमा बाकी रहेका सबै छनौट खेलहरु खेल्ने गरि कार्यक्रम तय गर्न डेडलाइन दिएको पनि शेर्पाले जानकारी दिएका छन् ।

सेन्ट्रल भेन्युको लागि प्रत्येक समुहमा सहभागि सबै राष्ट्रले दाबेदारी प्रस्तुत गर्न पाउनेछन् । एन्फाले पनि सेन्ट्रल भेन्युकोलागि दाबेदारी प्रस्तुत गर्ने र सक्दो प्रयास गर्ने अध्यक्ष शेर्पाले बताए । तर अन्य देशको तुलनामा सिमिति श्रोत रहेको अवस्थामा नेपालमा खेल हुने संभावना न्युन रहेको छ ।

Click to comment

Trending