Headline

मेयर कपको उद्घाटन खेलमा आर्मी र एपीएफ भिड्ने

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी शनिबारबाट सुरु हुन लागेको मेयर कपको खेल तालिका सार्वजनिक गरेको छ ।

पहिलो दिनको खेलमा प्रधानमन्त्री कपको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता एपीएफ क्लब भिड्ने भएका छन् । उनीहरु टियु क्रिकेट मैदानमा खेल्ने छन् भने पहिलो दिनमा नै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेश खेल्ने छन् ।

समुह चरणमा कुल १० खेल खेलिने छ । जस मध्य टियुमा छ खेल हुने छन् भने मुलपानीमा बाँकी चार खेल खेलिने छ ।

समुह चरणमा सबै टोलीले एक अर्कासँग प्रतिष्पर्धा गर्ने छ र शिर्ष दुई टोलीले अर्को शनिबार हुने फाइनलमा उपाधिका लागि भिड्ने छन् ।

मेयर कपमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका टोलीहरु – त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बागमती प्रदेश तथा काठमाडौँ मेयर ११ गरेर कुल पाँच टोलीको सहभागिता रहने छ । हिजो मात्र क्यानले प्रधानमन्त्री कपको समुह चरणमा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडी समेट्दै काठमाडौँ मेयर ११ को टोलीको नाम सार्वजनिक गरेको थियो ।

प्रतियोगिता काठमाडौँ महानगरपालिकाको ५० लाख नगद सहयोगमा संचालन हुन लागेको हो । मेयर कप यहि फागुन २२ गतेबाट फागुन २९ गते सम्म टियु क्रिकेट मैदानमा संचालन हुनेछ ।

प्रधानमन्त्री कपको उपाधि आर्मीले उचालेको थियो । आर्मीले उपाधि चुम्ने क्रममा फाइनलमा एपीएफलाई ३३ रनले पराजित गरेको थियो ।

Click to comment

Trending