Headline

बि डिभिजन: श्री कुमारीलाई हराउँदै मध्यपुर रेलिगेसन जोनबाट बहिर

Published

on

शहीद स्मरक बि डिभिजन लिग अन्तर्गत मंगलबार भएको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनले श्री कुमारी क्लबलाई २-१ ले हराएको छ । मध्यपुरका लागि कैलाश लामिछाने खत्री र कप्तान धीरज श्रेष्ठले गोल गरेका थिए । श्री कुमारीका लागि भने एक गोल आशिष राईले एक गोल गरेका थिए ।

खेलमा पहिलो गोल श्री कुमारीले गरेको थियो । कुमारीका लागि आशिष राईले ४० औँ मिनेटमा पहिलो होल गरेका थिए । उनले डिबक्स बहिरबाट डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए । तर पहिलो हाफको अन्तिम मिनेटमा मध्यपुरले गोल गरेको थियो । मध्यपुरका लागि ४५ औँ मिनेटमा कैलाश लमिछाने खत्रीले बराबरी गोल गरेका थिए । कैलाशले हेडिङ गर्दै गोल गरेका थिए ।

पहिलो हाफमा १-१ को बराबरी खेलेको मध्यपुरले दोस्रो हाफमा भने दोस्रो गोल गर्दै जित निकल्यो । ४८ औँ मिनेटमा कप्तान धीरज श्रेष्ठले गोल गर्दै मध्यपुरलाई २-१ को जित निकालेका थिए । श्री कुमारीले भने दोस्रो हाफमा मौका पाए पनि सदुपायोग गर्न सकेन ।

जितसँगै मध्यपुर ७ अंकका साथ नवौँ स्थानमा रहेको छ भने श्री कुमारी पनि ७ अंक सहित आठौँ स्थानमा यथावत रहेको छ ।

Click to comment

Trending