Headline

बुम्राले इंग्ल्यान्ड विरुद्धको बाँकी सबै खेलहरु गुमाउने

Published

on

भारतीय टोलीका तिब्र गतिका बलर जस्प्रित बुम्राले इंग्ल्यान्ड विरुद्धको एकदिवसीय शृंखला गुमाउने भएका छन् ।

इंग्ल्यान्ड विरुद्ध जारी टेस्ट शृंखला अन्तर्गत चौथों टेस्टबाट बाहिरिएका बुम्रा यस अघि पाँच खेलको ट्वान्टी ट्वान्टी शृंखला नखेल्ने भारतीय क्रिकेट बोर्डले यस अघि नै जनाएको थियो । तर अहिले आएर उनले तीन खेलको एकदिवसीय शृंखला पनि गुमाउने भएका हुन् ।

बुम्राले व्यक्तिगत कारण देखाउँदै चौथों टेस्ट नखेल्ने भारतीय टोलीले जनाएको थियो । तर उनले आफ्नै घरेलु मैदान अहमदाबादमा हुने शृंखला गुमाउनुको कारण भने खुलेको छैन । लामो समय देखि क्रिकेटमा ब्यस्त भएका कारण उनलाई बिश्राम दिन खोजिएको हुन सक्ने क्रिकेट पण्डितहरु बताउँछन् ।

उनलाई बिश्राम दिन कै लागि ट्वान्टी ट्वान्टी शृंखलामा नराखिए हो । त्यस्तै भारतले यसै बर्ष आफ्नै देशमा हुने ट्वान्टी ट्वान्टी विश्वकपलाई लक्षित गर्दै नयाँ खेलाडीहरुलाई मौका दिनका लागि पनि बुम्रालाई बिश्राम दिएको बुझिएको छ ।

२७ बर्षिय बुम्राले ६७ एकदिवसीय खेलमा १०८ विकेट तथा ५० ट्वान्टी ट्वान्टीमा ५९ विकेट हात पारेका छन् ।

भारत र इंग्ल्यान्ड बीचको चौथों तथा अन्तिम टेस्ट भोली (मार्च ४) बाट अहमदाबादमा सुरु हुँदैछ भने ट्वान्टी ट्वान्टी शृंखला मार्च १२ तथा एकदिवसीय शृंखला मार्च २३ तारिखबाट सुरु हुनेछ ।

Click to comment

Trending