Headline

‘एक पटक शिर्ष चारको अनुभव त गरौं’

Published

on

साउथ्याम्प्टनमाथि महत्वपूर्ण जित हात पारेपछि व्यवस्थापक कार्लो एन्सलोट्टीले आफ्नो टोली एभर्टन इङ्गलिस प्रिमियर लिगको शिर्ष चारको अनुभव गरेको हेर्न चाहेको बताएका छन् ।

सोमबार राति भएको खेलमा एभर्टनले रिचार्लिसनले नवौं मिनेटमा गरेको गोलमा १–० को जित हात पार्यो । लिभरपुलसँगै समान ४३ अंक रहेको एभर्टन चौथो स्थानको वेष्ट ह्यामभन्दा दुई अंकले पछाडी रहेको छ ।

एक खेल हातमै रहेको अवस्थामा उसले बिहिबार वेष्टब्रोमलाई हराउने हो भने चेल्सी र लिभरपुललाई पनि पछि पार्दै चौथो स्थानमा उक्लनेछ । चेल्सी र लिभरपुल बिहिबार नै भिड्दैछन् ।

“हामीसँग निकै राम्रो अवसर छ,” डिसेम्बर १९ पछि पहिलो पटक घरेलु मैदानमा प्रिमियर लिग खेल जितेपछि एन्सलोट्टीले भने । “मलाई थाहा छैन कति दिनसम्म हो तर एक, दुई वा तीन दिन मात्रै पनि शिर्ष चारको अनुभव गर्ने हो भने हामी राम्रो चुनौति दिने मानसिकतासाथ अघि बढ्नेछौं । एक पटक शिर्ष चारको अनुभव लिएर मात्रै हेरौं ।”

जिल्फी सिगुर्ड्सनको पासमा रिचार्लिसनले गरेको गोल खेल अवधिभर प्रहार गरेको दुई सट अन टार्गेट मध्येको एक थियो । दुवै टोलीले खेलमा लय समात्न चुकेका थिए ।

रेलिगेसन जोनबाट सात अंक पछाडी रहेको साउथ्याम्प्टनको यो नवौं खेलमा आठौं पराजय हो । सिजनको शुरुवातमा शिर्ष स्थानमै पकड जमाएको एभर्टनले वेष्टब्रोमलाई हराउने हो भने दोश्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको दुरी पनि ६ अंकमा छोट्याउने छ ।

तेश्रो स्थानको लेस्टर सिटीको ४९ र शिर्ष स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ । चार सिजनमा तेश्रो उपाधिका लागि अग्रसर रहेको सिटी उत्कृष्ट लय कायम गर्दै १२ अंकको स्पष्ट अग्रता बनाउन सफल भइसकेको हो ।

Click to comment

Trending