Headline

भिनिसियसले अन्तिम समयमा गरेको गोलमा रियलको उद्दार

Published

on

भिनिसियस जुनियरले रियल म्याड्रिडका लागि आफ्नो १ सयौं खेलमा महत्वपूर्ण प्रदर्शन गरेका छन् । भिनिसियसले अन्तिम समयमा गरेको गोलको मद्दतमा उसले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेल्यो ।

बराबरीपछि रियलले शिर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको दुरी तीन अंकमा छोट्याउन चुकेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ५८ अंक छ भने रियलसँगै समान ५३ अंक रहदा बार्सिलोना गोल अन्तरको आधारमा दोश्रो स्थानमा छ ।

रियलले पहिलो हाफमा दवाब कायम राखेपनि गोल गर्ने दुई स्पष्ट मौकामा अभागी साबित भएको थियो । पहिलो हाफमा मारियानो र रफाएल भारानेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको सोसिडाडका लागि ५५ औं मिनेटमा पोतुगेस मान्जानेराले नाचो मोन्रियलको क्रसमा उत्कृष्ट हेडर मार्फत गोल गरेका थिए ।

६१ औ मिनेटमा जिनेदिन जिदानले अग्रपंक्तिमा तीन परिवर्तन ल्याए र तीन मध्येका एक सब्स्टिच्युट भिनिसियसले लुकास भास्केजको क्रसमा ८९ औं मिनेटमा गोल गरे । रियलको पाँच म्याचको बिजयी श्रृंखलामा भने ब्रेक लागेको हो । सोसिडाड ४२ अंकसाथ पाचौं स्थानमा कायम रहेको छ ।

Click to comment

Trending