अन्तर्राष्ट्रिय

टेस्टमा पहिलो पटक भिड्दै अफगानिस्तान र जिम्बाब्वे

Published

on

जिम्बाब्वे र अफगानिस्तान पहिलो पटक टेस्टमा एक आपससँग भिड्दै छन् । अफगानिस्तान र जिम्बाब्वे बीचको दुई खेलको टेस्ट शृंखला आजबाट शेख जायद क्रिकेट रंगशाला, आबु धाबीमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

यस अघि एकदिवसीय खेलमा २५ पटक र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नौं पटक भिडेको भए पनि जिम्बाब्वे र अफगानिस्तान पहिलो पटक टेस्टमा खेल्न लागेका हुन् । एकदिवसीयमा अफगानिस्तानले नौं वटा र ट्वान्टी ट्वान्टीमा आठ वटा खेलमा जित हात पारेको थियो । .

टेस्ट मान्यता राष्ट्र भए पछि अफगानिस्तान आफ्नो पाँचौं खेल खेल्न लागेको हो । सन् २०१८ को जुनमा भारत विरुद्ध पहिलो टेस्ट खेलेको अफगानिस्तानले पछिल्लो पटक सन् २०१९ को नोभेम्बरमा टेस्ट खेलेको थियो । जिम्बाब्वेले भने कोरोनाका कारण खेलकुद गतिविधि ठप्प हुनु अघि श्रीलंकासँग घरेलु मैदानमा टेस्ट खेलेको थियो ।

दुई दिनमा नै सकिएको आफ्नो पहिलो खेलमा भारतसँग एक पारी र २६२ रनले पराजित भएको अफगानिस्तानले दोश्रो र तेश्रो खेलमा लगातार आयरल्याण्डलाई सात विकेट र बंगलादेशलाई २२४ रनले पराजित गर्न सफल भएको थियो । त्यस्तै उसले पछिल्लो पटक खेलेको टेस्टमा वेस्ट इन्डिजसँग नौं विकेटले पराजित हुन पुगेको थियो ।

Click to comment

Trending