Headline

मेयर कपका लागि काठमाडौँ मेयर ११ को टोली सार्वजनिक

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी शनिबारबाट आयोजना हुने मेयर कपको लागि १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ ।

क्यानले गत महिना काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह चरणमा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडी समेट्दै काठमाडौँ मेयर ११ को टोली निर्माण गरेको हो । मेयर कपमा सेमिफाइनल खेलेका टोलीहरु – त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बागमती प्रदेश तथा काठमाडौँ मेयर ११ गरेर कुल पाँच टोलीको सहभागिता रहने छ ।

काठमाडौँ मेयर ११ मा प्रदेश १ का सिद्धान्त लोहनी मात्र पर्न सफल भएका छन् भने प्रदेश २ बाट हरि शंकर साह र बिबेक यादव रहेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट कप्तान बिपिन खत्री र १५ बर्षिय ओपनर ब्याट्सम्यान अर्जुन कुमालले अन्तिम १५ मा स्थान सुरक्षित गरेका छन् ।

लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै खेलाडीहरु मेयर ११ मा स्थान बनाएका छन् । लुम्बिनीका कप्तान कृष्ण कार्की, मध्यक्रमका ब्याट्सम्यान सौरभ खनाल, स्पिनरद्वय अनिल खरेल र बिक्रम भुसाल तथा ब्याट्सम्यान सन्दिप रजाईलीले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् ।

कर्णाली प्रदेशका कप्तान रबिन्द्र जंग शाही, अनुज चुनारा र बिपिन रावल तथा सुदुर-पश्चिमबाट खडक बोहरा र नारायण जोशी रहेका छन् ।

प्रतियोगिता काठमाडौँ महानगरपालिकाको ५० लाख नगद सहयोगमा संचालन हुन लागेको हो । मेयर कप यहि फागुन २२ गतेबाट फागुन २९ गते सम्म टियु क्रिकेट मैदानमा संचालन हुनेछ । पाँच टोलीले समुह चरणमा एक अर्कासँग भिड्ने छन् भने शिर्ष स्थान हात पार्ने दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन् ।

प्रधानमन्त्री कपको उपाधि आर्मीले उचालेको थियो । आर्मीले उपाधि चुम्ने क्रममा फाइनलमा एपीएफलाई ३३ रनले पराजित गरेको थियो ।

Click to comment

Trending