Headline

बि डिभिजन: श्री भगवतीलाई पराजित गर्दै सातदोबाटोले लियो तीन अंकको अग्रता

Published

on

सहिद स्मारक लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा शिर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबले श्री भगवती क्लबलाई १-० ले हराएको छ । सातदोबाटोका लागि एक मात्र निर्णायक गोल डोर्गे तमाङले पेनाल्टी मार्फत गरेका थिए ।

२४ औँ मिनेटमा दिनेश राईले प्रहार गरेको बल श्री भगवतीका लक्षमन जिसीको हातमा लागे पछि सातदोबाटोले पेनाल्टी पाएको थियो । जसमा सातदोबाटोका लागि २५ औँ मिनेटमा डोर्गे तमाङ चुकेनन् र टोलीलाई १-० को अग्रता दिलाए ।

पहिलो हाफमा १-० को अग्रता लिएको सातदोबाटोले दोस्रो हाफमा निकै राम्रा अवसरहरु गुमाए । ६५ औँ मिनेटमा भुवन बस्नेतको हेडिङ बहिरिन पुग्यो । ७५ औँ मिनेटमा भुवनको पासमा माल्दिना अङथुपो चुक्न पुगे । श्री कुमारीका लागि पनि ७८ औँ मिनेटमा मोहन थापा मगरले गरेको प्रहरलाई सातदोबाटोका गोलरक्षक सनम राईले बचाएका थिए ।

जितसँगै सातदोबाटोले शिर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ । २२ अंक सहितको सातदोबाटोले दोस्रो स्थानमा रहेको खुमलटार युथ विरुद्ध अग्रता लिएको हो । श्री भगवती भने पराजयसँगै ६ अंक सहित नवौं स्थानमा यथावत रहेको छ ।

Click to comment

Trending