Headline

बार्सिलोनाको सत्तामा रहदा भ्रष्टचार गरेको आरोपमा पुर्वअध्यक्ष बोर्तेमेउ पक्राउ

Published

on

बार्सिलोनाका पुर्व अध्यक्ष जोशेप मरिया बोर्तेमेउलाई ‘बार्सागेट’ काण्डमा भ्रष्टचार गरेको आरोपमा सोमबार स्पेनिश पुलिसले पक्राउ गरेको छ ।

सोमबार बिहानै स्पेनिश प्रहरीले क्याप नोउमा छापामा मारेको थियो । स्पेनिस पुलिसले मारेको छापामा बोर्तेमेउले भ्रष्टचार गरेको आरोप लगाइेको छ भने उनलाई उनको निवासबाट पक्राउ गरेको स्पेनिस संचार मध्यामले जनाएको छ ।

स्पेनिस संचार मध्यामहरुका अनुसार यो अघिल्लो वर्ष भएको ‘बार्सागेट’ नामक आर्थिक घोटालाको अप्रेसन हो । जसमा स्पेनिस पुलिस सफल भएको पनि धेरै स्पेनिश मिडियाहरुले दाबी गरेका छन् ।

बोर्तेमेउ र उनको बोर्डले गत वर्ष मात्रै लियोनल मेस्सीसँगको सम्बन्ध चिसिए पछि रजिनामा दिएको थियो ।

बोर्तेमेउ क्लबमा भएको बेला ठुलो अर्थिक घोटाला भएको र त्यही कारण बार्सिलोना अहिले ठुलो अर्थिक संकटबाट गुज्रिरहेको धेरै संचार मध्यामले बताएका छन् ।

Click to comment

Trending