Headline

बि डिभिजन: अजितको गोलमा आरसिटीको जित

Published

on

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिमले टुसाल युथ क्लबलाई १-० ले हराएको छ ।

आरसिटीका लागि अजित गुरुङले गोल गरेका थिए । अजितले ७२ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनले क्रस गरेको बललाई टुसालका गोलरक्षक रोशन गुरुङले ठम्याउन नसके पछि सिधै गोल भएको थियो ।

पहिलो हाफमा आरसिटीले टुसलको पोस्टमा लगतार आक्रमण गरे पनि गोल गर्न सकेन । ३२ औँ मिनेटमा आरसिटीका अमर डङ्गोलले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । यस्तै टुसालका लागि ४२ औँ मिनेटमा मोहित गुरुङले गरेको प्रहर बहिरिन पुग्यो ।

दोस्रो हाफमा भने आरसिटीले एक गोलको अग्रता लिएको थियो । निर्णायक गोल बाहेक दोस्रो हाफमा आरसिटीका लागि ७८ औँ मिनेटमा अजित गुरुङले अर्को मौका पाए । किपर अगाडि आएको अवस्थामा उनले गरेको चिपलाई रोशन गुरुङले बचाएका थिए ।

जितसँगै आरसिटी १२ अंक सहित पाँचौँ स्थानमा उक्लिएको छ । पराजित भएको टुसल भने ८ अंक सहित सातौँ स्थानमा रहेको छ ।

Click to comment

Trending