Headline

ईपीएल असोजमा आयोजना हुने

Published

on

चौथों संस्करणको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) आगामी असोजमा आयोजना हुने भएको छ ।

आयोजक एभरेस्ट प्रिमियर लिग प्रा. लि. जनाए अनुसार प्रतियोगिता २०७८ साल असोज नौं देखि असोज २३ गते (सेप्टेम्बर २५ तारिक देखि अक्टोबर नौं तारिक) सम्म आयोजना हुनेछ । गत बर्ष चैत्रमा आयोजना हुने भनिएको प्रतियोगिता कोरोना भाइरसका कारण स्थगित हुन पुगेको थियो ।

त्यस्तै आयोजकले प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान) सँगको संयोजनमा मिति सार्वजनिक गरेको जनाएको छ । यस अघि क्यान आईसीसीको प्रतिबन्धमा पर्दा आईसीसीबाट स्विकृति लिने गरेको र यस पटक पनि क्यानसँगको संयोजनमा नै आईसीसीबाट नै स्विकृत लिएको जनाएको छ ।

कोरोनाले गर्दा स्थगित भएको गत संस्करणको ईपीएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वोयन स्मिथ, सिंगापुरका टिम डेभिस, श्रीलंकाका जीवन मेन्डिस, न्युजिल्यान्डका कोरी एन्डरसन जस्ता खेलाडीको सहभागिता रहने निश्चित भएको थियो ।

ईपीएलमा पोखरा राइनोज, ललितपुर प्याट्रियट्स्, भैरहवा ग्ल्याडियटर्स, बिराटनगर वारियर्स, काठमाडौँ किंग्स ११ र चितवन टाईगर्स रहेका छन् ।

Click to comment

Trending