Headline

बि डिभिजन: मिलनको ह्याट्रीकमा ब्वाइज युनियन बिजयी

Published

on

सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आईतवार भएको पहिलो खेलमा ब्वाइज युनियन क्लबले नयाँबस्ती युवा क्लबलाई ३-० ले हराएको छ ।

ब्वाइज युनियनका लागि मिलन लिम्बुले ह्याट्रीक गरे ।

ब्वाइज युनियनका लागि पहिलो गोल २१ औँ मिनेटमा भएको थियो । युनियनका लागि मिलन लिन्बुले गोल गरेका थिए । यस्तै युनियनले दोस्रो गोल भने पहिलो हाफको इन्जुरी समयमा गर्‍यो । पहिलो हाफमा थपिएको इन्जुरी समयमा युनियनका लागि मिलन लिम्बुले नै दोसोर गोल गरे । बिनोद राईले गरेको प्रहारलाई पाँसाङ लामाले बचाए पनि मिलनले रिबाउण्डमा गोल गरेका थिए ।

पहिलो हाफमा २-० को अग्रता लिएको ब्वाइज युनियनले तेस्रो गोल भने दोस्रो हाफको ५७ औँ मिनेटमा गर्‍यो । युनियनका लागि ह्याट्रीक गर्ने क्रममा मिलन लिम्बुले तेस्रो गोल गरे ।

जितसँगै ब्वाइज युनियन १४ अंक सहित चौँथो स्थानमा रहेको छ । नयाँबस्ती भने चौँथो पराजयसँगै पाँचौँ स्थानमा रहेको छ ।

Click to comment

Trending